Sagar Lamsal Bale का बुबा रहेनन्, जापान टोकियो गीत गाएका थिए | Rajendra Lamsal News | Ak Short News | Artist Khabar
Report of Rajendra Lamsal
लोक गायक राजेन्द्र लम्सालको निधन
फागुन, काठमाडौँ ।
जापान टोकियो मैले चिठी पठाकै थिएनी, कता रोकियो । उक्त हिट गीतमा आफ्नो स्वर दिएका लोक गायक राजेन्द्र लम्सालको युरोपमा निधन भएको छ । १२ बर्षदेखी स्पेनमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको सोमबार राती निधन भएको उनका भान्जा संगीतकार तथा गीतकार शिव हमालले आर्टिष्ट खबरलाई जानकारी दिए ।
लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ ।
लोक गायक राजेन्द्र लम्साल लोकप्रिय मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । सुटिंगका लागी पोखरा पुगेका सागर अहिले काठमाडौं फर्किएका छन् । राजेन्द्र लम्साल लामो समयदेखी बिरामी थिए । उनले अत्यधिक माद्यक पदार्थ सेवन गर्ने गर्थे । उनलाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो । उनको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।
राजेन्द्र लम्सालले बिमल राज क्षेत्रीसँगको ‘जापान टोकियो’मा स्वर दिएका थिए । जुन गीत अत्यधिक हिट हो । यस्तै उनले गाएका गीत मध्ये ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत लोकप्रिय छन् । राजेन्द्रका सागरसहित ३ छोरा र १ छोरी छन् ।
राजेन्द्रको निधनमा कलाकर्मीले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका छन् । गायिका शिला आलेले बाल्यकालबाटै लम्सालको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्, ‘बाल्यकालमा उहाँकै आवाजका गीत सुनेर गाउने प्रेरणा मिल्यो, साह्रै मीठो आवाज अनि मृदुभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको निधनले स्तब्ध छु ।’ लोकगायक रामजी खाँड, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा गीतकार रमेश बिजी लगायतले पनि श्रद्धाञ्जली दिएका छन् ।
News/Report by:
Gopi Krishna Chapagain
Camera/Edit:
Sangit Oli
#rajendralamsal #sagarlamsal #akshortnews #artistkhabar
If any content published from this YouTube channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
Embedding to a website is allowed. Thank You.
Subscribe us
https://www.youtube.com/c/ArtistKhabar
Like us on
Facebook: https://www.facebook.com/artistkhabar/
Follow us on
Twitter: https://twitter.com/ArtistKhabar/
Circle us on G+: https://plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com

- Catégories
- Divers News Artistes
- Mots-clés
- sagar lamsal bale, rajendra lamsal, rajendra lamsal song
Commentaires